Section 123
विवादको समाधान
(१) बैंक वा वित्तीय संस्थाहरुका बीचमा कुनै विवाद उत्पन्न भएमा आपसी सहमतिबाट त्यस्तो विवादको समाधान गर्नु पर्नेछ । (२) उपदफा (१) बमोजिम आपसी सहमतिबाट विवाद समाधान हुन नसकेमा राष्ट्र बैंकले मेलमिलापको प्रक्रिया वा अन्य प्रचलित कानून बमोजिम विवाद समाधानका उपायहरु अवलम्वन गरी विवाद समाधान गर्नेछ । (३) उपदफा (२) बमोजिम राष्ट्र बैंकबाट भएको निर्णय अन्तिम हुनेछ ।